logo

२०८३ साउन १४ बिहिबार

बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता

बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता


हाम्रो राष्ट्र
  • शनिबार, १२ असोज २०८१
  • 1.7K
    SHARES

    भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बिहीबार आयोजित २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस समारोहमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर ः सनद अधिकारी / रासस

    काठमाडौँ, १२ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले गृहमन्त्री रमेश लेखकलाई टेलिफोन गरी भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    उहाँले देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा तत्काल जुट्न मातहतका निकायलाई प्रभावकारी काम गर्न निर्देशन पनि दिनुभएको छ । साथै राष्ट्रपति पोडेलले विपद्को यस क्षणमा सहयोगका लागि सम्पूर्णमा अपिल पनि गर्नुभएको छ । उहाँले देशभर परिरहेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी, पहिरो र भूक्षयको प्रकोपबाट बच्न सुरक्षा मापदण्डहरूको पालना गरी सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend