logo

२०८३ साउन १४ बिहिबार

चाँडो राहत र पुनर्स्थापनाको लागि सरकार गम्भीर छ : गृहमन्त्री लेखक

चाँडो राहत र पुनर्स्थापनाको लागि सरकार गम्भीर छ : गृहमन्त्री लेखक


हाम्रो राष्ट्र
  • शनिबार, १९ असोज २०८१
  • 2.2K
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबानबाट प्रभावित जिल्लाहरूलाई चाँडोभन्दा चाँडो लाभग्राही परिचालन गर्न आग्रह गर्नुभएको छ । शनिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले लाभग्राही पहिचान भइ आएपछि तीन दिनभित्र अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने बताउनुभयो ।

    उहाँले विपदमा ठुलो जनधनको क्षति भएकोले सरकारको गम्भीर ध्यानाकर्षण भएकोमा जोड दिनुभयो । उहाँका अनुसार मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण भइरहेको छ ।

    मन्त्री लेखकले घाइतेहरूको पनि अस्पतालमा नि:शुल्क उपचार भइरहेको जानकारी गराउनुभयो । सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको र त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गरेको बताउँदै उहाँले उद्दार, राहत र पुनर्स्थापनाका विषयमा सरकार गम्भीरतापूर्वक अघि बढेको उल्लेख गर्नुभयो ।

    पूरै घर क्षति भएका पीडित नागरिकहरुलाई तत्काल अस्थायी घरबास बनाउन रकम निकासा गर्ने विषयमा पनि सरकार सक्रिय रहेको उहाँको भनाइ थियो ।

    त्यसैगरी, ग्रामीण भेगमा नागरिकहरूको स्वास्थ्य उपचारका लागि आपतकालीन हेलिकोप्टर उद्दारको मागसहित आमरण अनसनमा रहेका तेह्रथुमका दीपक सिलवाललाई गृह मन्त्रालयमा सहमतीपछि जुस खुवाएर अनशन समाप्त गराइएको छ । गृहमन्त्री लेखकले अनशनरत सिलवालका विषयलाई सरकारले गम्भीर रूपमा लिएको जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend