logo

२०८३ साउन १४ बिहिबार

कांग्रेस नेता भण्डारीलाई उपचारका लागि मुम्बई लगियो

कांग्रेस नेता भण्डारीलाई उपचारका लागि मुम्बई लगियो


हाम्रो राष्ट्र
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

    ग्यास सिलिन्डर विष्फोट भएर गम्भीर घाइते भएका भण्डारीलाई बिहीबार दिउँसो एयर एम्बुलेन्समार्फत् मुम्बईको नेशनल बर्न सेन्टर लगिएको हो ।

    सांसद भण्डारीसँग क्रिटिकल कियर प्रमुख डा. प्रदीप तिवारी, एनेस्थिसिया क्रिटिकल कियर डा बृहस्पति, डा. रोशन शर्मा, पारामेडिसियन दिनेश राई, सागर महर्जन र राज तामाङसहितको टोली पनि मुम्बई गएको छ ।

    काठमाडौंको बुद्धनगरस्थित घरमा गएराति ग्यास सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी आमासँगै घाइते भएका थिए। विस्फोटमा परी गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको उपचारका क्रममा निधन भएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend