logo

२०८३ साउन १४ बिहिबार

दुई करोड १० लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा तत्कालीन भन्सार अधिकृतविरुद्ध मुद्दा दायर

दुई करोड १० लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा तत्कालीन भन्सार अधिकृतविरुद्ध मुद्दा दायर


हाम्रो राष्ट्र
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 3.7K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    केसीले जागिरको अवधि २०४३ सालदेखि २०७८ सालसम्ममा ५ करोड ६१ लाख २६ हजार ५०२ रुपैयाँ आम्दानी गरेका थिए । जसमध्ये अख्तियारले गरेको अनुसन्धानका क्रममा २ करोड १० लाख १० हजार ४८२ रुपैयाँ बराबरको सम्पतिको स्रोत खुल्न नसकेको अख्तियारले ठहर गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend