logo

२०८३ साउन १४ बिहिबार

घट्टेकुलो–२९ मा उद्घोषक क्षमता विकास तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

घट्टेकुलो–२९ मा उद्घोषक क्षमता विकास तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न


हाम्रो राष्ट्र
  • बुधबार, १३ फाल्गुन २०८२
  • 2K
    SHARES

    काठमाडौं:  काठमाडौं महानगरपालिका–२९, घट्टेकुलोमा उद्घोषक क्षमता विकास तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा  तालिम सम्पन्न गरेका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

    कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका–२९ का वडा जनप्रतिनिधि सन्तोष ढुङ्गेल रहनुभएको थियो। उहाँले समाज रूपान्तरणमा यस्ता उद्घोषक तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै यस्ता तालिमले आत्मबल बढाउने, निर्भीक रूपमा बोल्न सक्ने क्षमता विकास गर्ने तथा व्यक्तित्व निखार्ने विश्वास व्यक्त गर्नुभयो। साथै, सिकेको ज्ञान व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।

    विशेष अतिथि वडा सदस्य रेनु श्रेष्ठले महिला सशक्तीकरण र सामुदायिक सहभागिता नै विकासको मुख्य आधार भएको उल्लेख गर्नुभयो। उहाँले महिला तथा पुरुष दुवैले उद्घोषक तालिम लिनुपर्ने आवश्यकता औंल्याउँदै यस्ता तालिमले आत्मविश्वास बढाउने र कुनै पनि समारोहमा सहज रूपमा बोल्न सक्ने क्षमता विकास गर्ने बताउनुभयो।

    त्यसैगरी अतिथिका रूपमा समाजसेवी निर्मला सुवेदी मिश्रले उद्घोषक तालिमले विशेषगरी महिलाहरूको आत्मबल अभिवृद्धि गर्ने र सार्वजनिक कार्यक्रममा बोल्न सक्षम बनाउने धारणा राख्नुभयो। कार्यक्रममा सञ्चारकर्मी रोजी ढकाल पराजुलीको पनि उपस्थिति रहेको थियो।

    कार्यक्रम सहकार्य संस्थाका संयोजक यादव पौडेलले यस्ता कार्यक्रमहरूले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्दै छोटो समयमै सहभागीहरूको बोल्ने क्षमतामा उल्लेखनीय विकास भएको कुराको प्रशंसा गर्नुभएको थियो। प्रमाणपत्र वितरण सगै आयोजक संस्थाले सहभागीहरूको सक्रियता र उत्साहप्रति धन्यवाद ज्ञापन गरेको थियो। स्थानीय स्तरमा उद्घोषक तालिममार्फत नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि तथा सामाजिक चेतना विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend