logo

२०८३ असोज ७ बुधबार

मन्त्रालयको भागबण्डा मिलाउन सत्ता साझेदार १० दलका शीर्ष नेता छलफलमा

मन्त्रालयको भागबण्डा मिलाउन सत्ता साझेदार १० दलका शीर्ष नेता छलफलमा


हाम्रो राष्ट्र
  • बुधबार, ८ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारलाई पूर्णता दिन सत्ता गठबन्धनका दश दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

    प्रधामन्त्री निवास बालुवाटारमा दश दलका शीर्ष नेता छलफलमा जुटेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ गते विश्वासको मत लिएपछि सरकार विस्तारका लागि गृहकार्य भइरहेको छ ।

    त्यसैमा सहमति जुटाउन दलहरु छलफलमा जुटेका हुन् । पुस १० मा नेकपा एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा माओवादी र एमाले गठबन्धन टुटेको थियो ।

    त्यसपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा), नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा लगायतका दलहरु अहिले सत्ता गठबन्धनमा सामेल छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend