logo

२०८३ साउन १४ बिहिबार

३० हजार घुस लिएको अभियोगमा विभागका नायब सुब्बाविरुद्ध मुद्दा दर्ता

३० हजार घुस लिएको अभियोगमा विभागका नायब सुब्बाविरुद्ध मुद्दा दर्ता


हाम्रो राष्ट्र
  • बुधबार, ८ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बुधबार विशेष अदालतमा पाण्डेविरुद्ध ३० हजार घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    उनले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सूचारु गर्नका लागि सेवाग्राहीसँग तीस हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनको आधारमा छानिबन हुँदा उनले उक्त रकम लिएको पुष्टि भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनलाई नियन्त्रणमा लिएर आयोगले छानबिन गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend