logo

२०८३ साउन १४ बिहिबार

करिश्माको उजुरीपछि डिल्लीराम खनाल पक्राउ

करिश्माको उजुरीपछि डिल्लीराम खनाल पक्राउ


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नायिका करिश्मा मानन्धरले साइबर अपराधको आरोपमा उजुरी दिएपछि डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले खनाललाई नियन्त्रणमा लिएर सोधपुछ अघि बढाएको हो । साइबर ब्यूरोका एसपी तथा प्रवक्ता पशुपति रायले खनालमाथि अहिले सोधपुछ भइरहेको जानकारी दिए ।

    गत माघ २४ गते मानन्धरले खनालविरुद्ध उजुरी दिएकी थिइन्। सामाजिक सञ्जाल तथा युट्युबमा विवादित अन्तर्वार्ता दिँदै चर्चामा आएका खनालले आफूमाथि विवादित अभिव्यक्ति दिएको करिश्माले बताएकी छिन् ।

    खनालको अभिव्यक्तिले आफ्नो मानहानी भएको भन्दै नायिका मानन्धरले उजुरी दिएकी हुन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend