logo

२०८३ साउन १४ बिहिबार

कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ मा भएको घटनाको छानविन गर्न समिति गठन गरिने

कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ मा भएको घटनाको छानविन गर्न समिति गठन गरिने


हाम्रो राष्ट्र
  • शनिबार, ११ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले कोशी प्रदेश नामाकरण विवादपछि यही चैत ५ गते भएको घटनाको छानविन गर्न समिति गठन गर्ने भएको छ ।

    प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्डको’ आह्वानमा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

    कोशी प्रदेश नामकरण विवादपछि देखिएको घटनाक्रमप्रति सरकार गम्भीर रहेकोे र चैत ५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सम्बन्धित पक्षलाई संवादका लागि आह्वान गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend