logo

२०८३ असोज ७ बुधबार

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियानः उपाध्यक्ष पौडेल

एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियानः उपाध्यक्ष पौडेल


हाम्रो राष्ट्र
  • आइतबार, १२ चैत्र २०७९
  • 1.1K
    SHARES

    सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताएका छन् ।

    आइतबार सुर्खेतमा पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले यो गठबन्धनबाट देशको भविष्य नरहेको बताएका छन् । यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन नसक्ने उनको दाबी छ ।

    उनले निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरे । समझदारीका साथ सरकारमा गएको हो ।

    यद्यपि प्रचण्डले धोका दिएको भन्दै उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend