logo

२०८३ असोज ७ बुधबार

गृहमन्त्रीबारे कुनै निर्णय भएको छैन, पार्टीले गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

गृहमन्त्रीबारे कुनै निर्णय भएको छैन, पार्टीले गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ


हाम्रो राष्ट्र
  • सोमबार, १३ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रीबारे प्रधानमन्त्रीले गर्ने निर्णय आफ्ना लागि मान्य हुने बताएका छन् ।

    श्रेष्ठ गृहमन्त्री बन्न लागेको चर्चाका बीच उनले यस्तो अभिव्यक्ति दिएका हुन् । सोमबार मन्त्रालयमा कार्य प्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले गृहमन्त्रीबारे प्रधानमन्त्री र पार्टी (माओवादी केन्द्र)ले गर्ने निर्णयअनुसार नै आफू अघि बढ्ने बताएका हुन् ।

    उनले यसबारे आफूले नभएर प्रधानमन्त्री र पार्टीले निर्णय गर्ने बताए । साथै प्रधानमन्त्री र पार्टीको निर्णय आफूलाई मान्य हुने र हालसम्म यसबारे कुनै निर्णय नै नभएको उनको भनाइ छ । केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने उनले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend