logo

२०८३ साउन १४ बिहिबार

लोसपाले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने

लोसपाले शरतसिंह भण्डारीलाई मन्त्री बनाउने


हाम्रो राष्ट्र
  • बिहिबार, १६ चैत्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् । महोत्तरी–२ बाट निर्वाचित भण्डारीलाई लोसपाले सरकारमा पठाउने निर्णय गरेको हो ।

    प्रधानमन्त्री षुष्पकमल दाहाल प्रचण्डले आजै साँझ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नयाँ मन्त्रीहरूको शपथ पनि आजै हुने भनिएको छ ।

    २०४३ सालमा पहिलोपटक सहायक मन्त्री बनेका भण्डारी त्यसयता १५ पटक मन्त्री बनिसकेका छन् । यसपटक प्रचण्ड सरकारमा मन्त्री बने उनी १६औँ पटक मन्त्री बन्ने नेता बन्नेछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend