logo

२०८३ साउन १५ शुक्रबार

बारा-२ मा लोसपाबाट राजेन्द्र महतो उम्मेदवार बन्ने

बारा-२ मा लोसपाबाट राजेन्द्र महतो उम्मेदवार बन्ने


हाम्रो राष्ट्र
  • बिहिबार, १६ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले बारा २ को उपनिर्वाचन वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने भएको छ ।

    बिहीबार बसेको लोसपाको बैठकले बारा २ को उपनिर्वाचनमा नेता महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचन हुन लागेको हो ।

    यसअघि महतो सर्लाही २ मा उम्मेदवार बने पनि माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लडेका नेसपाका अध्यक्ष महिन्द्रराय यादवसँग पराजित भएका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend