logo

२०८३ असोज ७ बुधबार

चितवन-२ मा न्यौपाने र तनहुँ-१ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

चितवन-२ मा न्यौपाने र तनहुँ-१ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय


हाम्रो राष्ट्र
  • शनिबार, १८ चैत्र २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । नेकपा एमालेले वैशाख दश गते हुने उपनिर्वाचनमा चितवन २ मा रामप्रसाद न्यौपाने र र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ ।

    शनिबार बसेको सचिवालय बैठकले चितवन २ मा न्यौपाने र तनहुँ १ खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बारा–२ का लागि भने उम्मेदवार टुंग्याउन बाँकी रहेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

    नेपाल प्रहरीका पूर्व महानिरीक्षक खनाल गत मंसिरको चुनावमा काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।

    त्यसैगरी बैठकले पार्टी नेता डा.भीम रावलसँग संवाद गर्न तीन सदस्यीय टोली गठन गरेको छ । बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend