logo

२०८३ साउन १४ बिहिबार

तनहुँमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

तनहुँमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते


हाम्रो राष्ट्र
  • शनिबार, १८ चैत्र २०७९
  • 2.1K
    SHARES

    दमौली । तनहुँमा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तनहुँको भानु नगरपालिका–२ भकुन्थोकस्थित डुम्रे बेंसीसहर सडकखण्ड जोड्ने भित्री सडकमा बा ०३–००१ त २२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४० वर्षीय ईश्वर अधिकारीको मृत्यु भएको हो ।

    दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । दुर्घटनामा मृतक अधिकारीका छोरा १७ वर्षीय समिर तथा ३९ वर्षीय दीपक नेपाली घाइते भएका छन् । दुवैको उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend