logo

२०८३ साउन १५ शुक्रबार

उच्चस्तरीय आयोग गठनप्रति एमालेको आपत्ति विरोध

उच्चस्तरीय आयोग गठनप्रति एमालेको आपत्ति विरोध


हाम्रो राष्ट्र
  • आइतबार, १९ चैत्र २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

    आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले मिटरब्याजबाट पीडित नागरिकलाई अल्मल्याउने र पीडकलाई उन्मुक्ति दिने गरी सरकारले आयोग बनाउने निर्णय लिएको भन्दै विरोध गरेका हुन् ।

    सांसद गैरेले मिटरब्याज पीडितहरुलाई अलमल्याउने गरी उच्चस्तरीय आयोग गठन गर्ने निर्णय तत्काल सच्याउन र पीडकहरुलाई कारवाही गर्न पनि सरकारसँग माग गरे ।

    उनले भने, ‘एउटा आयोगको प्रतिवेदन थन्क्याएर अर्को आयोग गठन गरेर यो विषयलाई लम्ब्याउने, अल्मल्याउने र पीडकहरुलाई उन्मुक्ति दिनेतर्फ जुन काम भएको छ यो सच्याउनुपर्छ । तत्काल पीडकहरुले कारबाही पाउनुपर्छ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend