logo

२०८३ असोज ७ बुधबार

‘एमाले विरोधी हुँ’ भन्नेहरु मन्त्री भएः ओली

‘एमाले विरोधी हुँ’ भन्नेहरु मन्त्री भएः ओली


हाम्रो राष्ट्र
  • आइतबार, १९ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरोधी हुँ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएका बताएका छन् ।

    आइतबार पार्टी निकटको लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेको विरोधीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरु बनाएको बताएका हुन् ।

    अध्यक्ष ओलीले देश बनाउनका लागि एउटा नीति, एउटा विचार, एउटा संगठनले नेतृत्व गर्नुपर्ने तर्क गरे । उनले दश जनाले दशतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको बताए । उनले एमालेले देशलाई बनाउनका लागि राष्ट्रिय शक्ति निर्माणको अभियानलाई अघि बढाएकोसमेत बताए ।

    उनले भने, ‘जान्नुतान्नु केही पनि पर्दैन । एमालेका विरुद्ध बोले, मन्त्री भए । एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्न क्वालिफिकेशन पुग्छ ।’

    अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई दक्षिणपन्थी शक्तिहरुले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको आरोप लगाए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend