logo

२०८३ साउन १४ बिहिबार

केही मान्छेले चितवनलाई प्रयोगशाला बनाउन खोजे : श्रेष्ठ

केही मान्छेले चितवनलाई प्रयोगशाला बनाउन खोजे : श्रेष्ठ


हाम्रो राष्ट्र
  • सोमबार, २० चैत्र २०७९
  • 754
    SHARES

    चितवन । चितवन नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठले यो क्षेत्रमा आफ्नो प्रतिस्पर्धी कोही नभएको बताएका छन् । सोमबार उम्मेदवारी दर्ताअघि भरतपुरको चौबीसकोठी चोकमा कोणसभालाई सम्बोधन गर्दै श्रेष्ठले आफू नेता बन्न नआएको बरु सेवक भएर काम गर्न आएकाले आफ्नो जित सुनिश्चित भएको दावी गरे ।

    उनले भने, ‘परिस्थितिले मलाई उम्मेदवार बानायो । यो निर्वाचन कांग्रेस र गठबन्ध जोगाउनका लागि हुँदैछ । पार्टीको इमान्दार कार्यकर्ता भएकाले यो निर्वाचन मेरो पक्षमा छ । २ नम्बर क्षेत्रमा मेरो कुनै प्रतिस्पर्धी देखेको छैन ।’

    उनले क्षेत्र नम्बर २ का जनता मात्र नभएर चितवनका नागरिकले आफूलाई राम्रोसँग चिनेको भन्दै नेता बन्न नभई जनताको जनताको सेवक भएर काम गर्न आएको बताए । उनले केही मान्छेले चितवनलाई प्रयोगशाला बनाउन खोजेको आरोप पनि लगाए । ‘केही मान्छेले चितवनलाई प्रयोगशाला बनाउन खोजे । त्यो कदापि स्वीकार्य छैन ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend