logo

२०८३ असोज ७ बुधबार

नेविसंघमा १० दिनभित्र समिति विस्तार र आठ महिनाभित्र महाधिवेशन गर्ने सहमति

नेविसंघमा १० दिनभित्र समिति विस्तार र आठ महिनाभित्र महाधिवेशन गर्ने सहमति


हाम्रो राष्ट्र
  • मंगलबार, २१ चैत्र २०७९
  • 949
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघमा संस्थापन र इतर पक्षबीच सहमति भएको छ । असन्तुष्ट पक्षले संगठनलाई पूर्णता दिनुपर्ने मागसहित आइतबारदेखि रिले अनशन थालेको थियो ।

    पार्टी सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहबरमा असन्तुष्ट पक्षबाट उज्जवल बज्राचार्य, अध्यक्ष दुजाङ शेर्पा र पार्टी सचिव प्रेम केसीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

    उनीहरूबीच चार बुँदे सहमित भएको छ । उनीहरूबीच १० दिनभित्र शेर्पाको अध्यक्षतामा रहेको संघको तदर्थ समितिलाई पूर्णता दिने, संघको १२औं महाधिवेशन आठ महिनाभित्र सम्पन्न गर्ने सहमित भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend