logo

२०८३ असोज ७ बुधबार

पोखरा महानगर-१८ मा पुनः मतगणना गर्न अदालतको आदेश

पोखरा महानगर-१८ मा पुनः मतगणना गर्न अदालतको आदेश


हाम्रो राष्ट्र
  • मंगलबार, २१ चैत्र २०७९
  • 1.3K
    SHARES

    पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुनः मतगणना गर्न आदेश जारी गरेको छ । उच्च अदालत पोखराका कायम मुकायम मुख्यन्यायाधीश डिल्लिराज आचार्य र न्यायाधीश ऋषिराज आचार्यको संयुक्त इजलासले मंगलबार पुनस् मतगणना गर्न आदेश दिएको हो ।

    गत वैशाख ३० गते निर्वाचन भए पनि पोखरा–१८ को मतपरिणाम जेठ १० गतेमात्र आएको थियो । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार कांग्रेसका शिवप्रसाद तिमिल्सना एक हजार ६४३ मत ल्याएर विजयी बनेका थिए । तर, प्रतिष्पर्धी एमालेका उमेदवार पुष्कलबहादुर थापाले भने तत्कालै पुन: मतगणनाको माग राखेका थिए ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको माग अस्वीकार गर्दै अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो । तर, थापाले निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय कास्की, निर्वाचन अधिकृतको कार्यालय र विजयी वडाध्यक्ष तिमिल्सिनालाई प्रतिवादी बनाएर निवेदन दिएका थिए । उच्चले झन्डै ११ महिनापछि पुन: मतगणना गर्न आदेश दिएको हो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend