logo

२०८३ असोज ७ बुधबार

उपेन्द्र यादवले धोका दिएको ओलीको आरोप

उपेन्द्र यादवले धोका दिएको ओलीको आरोप


हाम्रो राष्ट्र
  • बुधबार, २२ चैत्र २०७९
  • 1.2K
    SHARES

    बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशको विकास गर्ने उपेन्द्र यादव नभएर एमाले भएको बताएका छन् । बुधबार बाराको गढीमाईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अरुको भ्रममा नपर्न आग्रह गरेका हुन् ।

    उनले विगतमा उपेन्द्र यादवलाई अप्ठेरो अवस्थामा साथ दिएको तर अहिले धोका दिएको बताए । अध्यक्ष ओलीले उपेन्द्रजीले जितेपछि फुलमाला लाउनेबाहेक केही नगर्ने बताए ।

    उनले भने, ‘उहाँ पहिला मोरङबाट लड्नुहुन्थ्यो त्यहाँबाट उखेल्लिएपछि सुनसरीबाट लड्नुभयो । त्यहाँबाट सप्तरी आउनुभएको थियो त्यहाँ पनि जरा टक्टकाएपछि सबैभन्दा लाटासोझा जनता यहाँ छन् भनेर बारा आएका छन् । उहाँ जितेपछि फुलमाल अबिर लगाउनुबाहेक गर्नु के हुन्छ ?’’

    उनले बारा–२ मा पुरुषोत्तम पौडेल जित्ने दावी गरे । उनले भने, ‘एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु । यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नाराहरू लाग्न सक्छन् । जातीवादी नारा लाग्न सक्छन् । तपाईंहरू सतर्क रहनुहोला ।’उनले एमालेको एउटै उद्देश्य देशमा गरिबीको अन्त्य गर्नु रहेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend