logo

२०८३ साउन १५ शुक्रबार

न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने सरकारको तयारी

न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने सरकारको तयारी


हाम्रो राष्ट्र
  • बिहिबार, २३ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनले सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । आज साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यक्रम गरी न्यूनतम साझा कार्यक्रम गरिने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

    कार्यदलले तयार पारे अनुसार ९ वटा बिषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो । आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।

    नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले नीति तथा कार्यक्रम बनाएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend