logo

२०८३ असोज ७ बुधबार

ठूला तेल उत्पादकहरूको आपूर्ति घटाउने निर्णय तेलको मूल्यमा असर

ठूला तेल उत्पादकहरूको आपूर्ति घटाउने निर्णय तेलको मूल्यमा असर


हाम्रो राष्ट्र
  • शुक्रबार, २४ चैत्र २०७९
  • 1K
    SHARES

    विश्वका कैयौँ ठूला तेल निर्यातक राष्ट्रहरूले आफ्ना उत्पादन कटौती गर्ने घोषणा गरेपछि कच्चा तेलको मूल्यले फेरि ह्वात्तै बढेको छ । साउदी अरब, इराक तथा कतिपय खाडी देशहरूले सामूहिक रूपमा तेल आपूर्तिलाई प्रतिदिन १० लाख ब्यारलले कटौती गर्ने भनेका छन् । ओपेक प्लस भन्ने समूहको सदस्य रुसले यो वर्षको अन्त्यसम्म नै प्रतिदिन पाँच लाख ब्यारल उत्पादन कटौती जारी राख्नेछ । ह्वाइट हाउसले यी निर्णयको आलोचना गरेको छ ।

    ओपेक प्लस भनेको २३ वटा तेल निर्यातक देशहरूको समूह हो। यो समूहले नियमित छलफल गरेर विश्वबजारमा कति परिमाणमा कच्चा तेल बेच्ने भन्ने निर्क्योल गर्छ । यो समूहको केन्द्रमा १३ सदस्य रहेको ओपेक सङ्गठन छ। ओपेक भनेको विशेषतः मध्यपूर्व अनि अफ्रिकी तेल निर्यातक राष्ट्रहरूको सङ्गठन हो ।

    सन् १९६० मा गठन भएको ओपेक तेल आपूर्तिको मिलेमतो गर्ने सङ्गठन हो जसले विश्वभरि नै तेलको आपूर्ति र भाउको निर्धारण गर्ने उद्देश्य राखेको छ । आजको दिनमा ओपेक सदस्यराष्ट्रहरूले विश्वबजारमा आपूर्ति हुने कच्चा तेलको ३० प्रतिशत परिमाण उत्पादन गर्छन् । ओपेकभित्र पनि सबभन्दा धेरै तेल उत्पादन गर्ने देश साउदी अरब हो। उसले दिनको एक करोड ब्यारल तेल उत्पादन गर्छ । एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ ।

    सन् २०१६ मा जब तेलको मूल्य अलि कम थियो तब ओपेकले थप १० तेल उत्पादक राष्ट्रहरूलाई समेटेर ओपेक प्लस भन्ने सङ्गठन बनायो । ती थपिएका सदस्यहरूमध्ये रुस पनि थियो। उसले दैनिक एक करोड ब्यारल तेल उत्पादन गर्छ । सबै मिलाएर ओपेक प्लस राष्ट्रहरूे विश्वबजारको कुल कच्चा तेलको ४० प्रतिशत परिमाण उत्पादन गर्छन् ।

    बजारमा धेरै परिमाणमा तेल आपूर्ति गरेर मूल्य घटाउन पनि उनीहरूले सक्छन् । उनीहरूले दिनको ११ लाख ६० हजार ब्यारल तेल उत्पादन कटौती गर्ने पछिल्लो निर्णयभन्दा अगाडि गत अक्टोबरमा प्रतिदिन २० लाख ब्यारल उत्पादन कटौतीको निर्णय गरेका थिए।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend