logo

२०८३ साउन १४ बिहिबार

अब एक दिन एक परिणाम दिने गरी काम गर्न प्रधानमन्त्रीलाई महामन्त्री थापाको सुझाव

अब एक दिन एक परिणाम दिने गरी काम गर्न प्रधानमन्त्रीलाई महामन्त्री थापाको सुझाव


हाम्रो राष्ट्र
  • शुक्रबार, २४ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधामन्त्रीलाई चुस्त टीम बनाउन सुझाव दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले परिणाम दिने गरी काम गर्न प्रधानमन्त्रीलाई चुस्त टिम बनाउन सुझाव दिएका हुन् । उनले प्रधानमन्त्रीले प्रधानमन्त्रीजस्तो भएर दिनरात समय त्यसमा लगाउनुपर्ने बताए ।

    उनले भने, ‘गठबन्धनको नेता भएर बस्ने समय छोट्याउनुस् । एक महिनामा एक–दुई दिन बसे हुन्छ । आफ्नो दलको अध्यक्ष बन्ने कुरा केही दिन बिर्सिएपनि हुन्छ । प्रधानमन्त्रीले प्रधानमन्त्रीजस्तो भएर दिनरात समय त्यसमा लगाउनुपर्छ ।’

    उनले सरकारको न्यूनतम साझा कार्यक्रम पनि आएकाले अब एक दिन एक परिणाम दिने गरी काम गर्नुपर्ने बताए । थापाले दूरसञ्चार प्राधिकरणले नेपालका सबै सूचना टर्की पुर्याउने गरी टेरामिक्स नामको प्रविधि खरिद गरिएकोमा आपत्ति जनाएका छन् । उनले दूरसञ्चारसम्बन्धी कानुन नबन्दै सबै सूचना नेपालबाहिर पुर्याउने गरी प्रविधि भित्राउन नहुने बताए । ‘

    उनले भने, ‘अब हामीले फोन गर्दा, मेसेज गर्दा कसले कहाँबाट कुरा गर्दैछ, म्यासेजको कन्टेन्टसमेत नेपालमा होइन, विदेशमा पुग्दैछ । यो गलत हो । यो हामीलाई किन आवश्यक पर्यो ?’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend