logo

२०८३ साउन १५ शुक्रबार

बौद्धबाट नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ

बौद्धबाट नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ


हाम्रो राष्ट्र
  • शुक्रबार, २४ चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । नक्कली बाबु खडा गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएको आरोपमा प्रहरीले तिब्बती शरणार्थी निमा ल्हामो गुरुङलाई पक्राउ गरेको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत कीर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी नक्कली बाबुसमेत खडा गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएको खुलेकाले पक्राउ गरेको जनाएको छ ।

    उनलाई चैत २३ गते बौद्धबाट पक्राउ गरि नागरिकता ऐन तथा लिखत सम्बन्धि कसुरमा आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend