logo

२०८३ साउन १४ बिहिबार

टिआरसीसहित तीन विधेयक टुंग्याउने विषयमा तीन दलबीच छलफल

टिआरसीसहित तीन विधेयक टुंग्याउने विषयमा तीन दलबीच छलफल


हाम्रो राष्ट्र
  • शनिबार, २५ चैत्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउने विषयमा प्रमुख तीन दलबीच छलफल भएको छ । सभामुखको आह्वानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।

    शनिबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, संवैधानिक परिषद र सम्पति शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउने भन्ने बारेमा छलफल भएको हो ।

    त्यस्तै उनीहरुबी संसदलाई प्रभावकारी रुपमा संचालन गर्ने विषयमा समेत छलफल भएको थियो । नेकपा एमालेका अध्यक्ष ओलीले संसद संचालनका विषयमा छलफल सकारात्मक भएपनि टिआरसी सम्बन्धी विधेयक फाष्ट ट्रयाकबाट टुंग्याउन नसकिने बताए । उनले यसलाई समितिमा लगेर छलफल गर्नुपर्ने बताए ।

    ओलीले भने ‘सदनका काम कारबाहीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा नै छलफल भयो, यो प्रारम्भिक छलफल हो, छलफल सकारात्मक छ, टिआरसीको विषयलाई समितिमार्फत लैजानुपर्ला ।’

    प्रधानमन्त्री प्रचण्डले मुख्यतः तीन वटा विधेयक कसरी टुंग्याउने विषयमा छलफल भएको र यसलार्ई मध्यमार्गी बाटोबाट अगाडि बढाइने बताए । प्रधानमन्त्रीले भने, ‘खासगरी यो टिआरसीसम्बन्धी वियेयक, संवैधानिक परिषद् र सम्पत्ति शुद्धीकरणसम्वन्धी विधेयकलाई राष्ट्रको निम्ति जतिसक्दो चाँडो टुङ्ग्याउन जरुरी छ भन्ने विषयमा गम्भीर छलफल भयो, त्यसमा सहमति बनाउने भन्ने विषयमा सैद्धान्तिकरुपमा सहमत नै छौँ, तर यस्का केही प्राविधिक पक्ष पनि छन् ।’

    शीर्ष नेतृत्वमा सोही विषयमा चैत २८ गते पुनः छलफल हुने भएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend