logo

२०८३ असोज ७ बुधबार

थाइल्याण्डमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

थाइल्याण्डमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, २६ चैत्र २०७९
  • 1.1K
    SHARES

    थाइल्याण्डको दक्षिणी भागमा भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ । राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा शनिबार साँझ सशस्त्र आक्रमण सुरु भएको थियो ।

    आक्रमणबाट चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका एक पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो । थाइल्याण्डमा बन्दुकको स्वामित्वको उच्चदर छ र विगत १२ महिनामा हिंसात्मक घटनाहरू निरन्तर भइरहेका छन् ।

    गत अक्टोबरमा उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तमा एक पूर्व प्रहरी हवल्दारले ३६ जनाको हत्या गरेका थिए, जसमध्ये २४ जना बालबालिका थिए । गत महिना फेचबुरी प्रान्तमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend