logo

२०८३ साउन १४ बिहिबार

अभिभावकलाई तोकिएको ठाउँमा पोशाक र किताब किन्न बाध्य नपार्न महानगरको चेतावनी

अभिभावकलाई तोकिएको ठाउँमा पोशाक र किताब किन्न बाध्य नपार्न महानगरको चेतावनी


हाम्रो राष्ट्र
  • आइतबार, २६ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका विद्यालयले अभिभावकलाई किताब बेच्ने गरेको र पोसाकसमेत उनीहरूले तोकेकै स्थानबाट किन्न बाध्य गराएको गुनासो आएको भन्दै त्यस्तो गतिविधि नगर्न आग्रह गरेको छ ।

    महानगरले संस्थागत विद्यालयलाई परिपत्र गर्दै त्यसो गर्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ बमोजिम दण्डनीय भएको स्मरण गराएको छ ।

    परिपत्रमा भनिएको छ, ‘विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटकपटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend