logo

२०८३ साउन १४ बिहिबार

ट्रकको ठकरबाट उदयपुरमा मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठकरबाट उदयपुरमा मोटरसाइकल चालकको मृत्यु


हाम्रो राष्ट्र
  • आइतबार, २६ चैत्र २०७९
  • 988
    SHARES

    उदयपुर । गाईघाट बजारको मुख्यचोकमा आइतबार बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । प्रदेश नं१–०५–००१प ६१५१ नम्बरको मोटरसाइकलमा सवार मगरलाई गाईघाटबजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै गर्दा पश्चिमबाट तीव्रगतिमा आइरहेको मे१ख २१८४ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

    ट्रक तीव्रगतिमा आएका कारण सडकको छेउको बारसमेत भत्काएर मोटरसाइकललाई ठकर दिएको प्रत्यक्षर्शीले बताएका छन् । ट्रक चालक झापा जिल्ला कन्काई सुरुङ्गा नगरपालिका–६ का ३८ वर्षीय भूपेन्द्र राजवंशी रहेको प्रहरीले जनाएको छ । ट्रक चालक राजवंंशीलाई नियन्त्रणमा लिएको कार्यालयका प्रमुख ज्ञानेन्द्र फुँयालले बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend