logo

२०८३ साउन १४ बिहिबार

रास्वपाका सांसदले दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सार्वजनिक

रास्वपाका सांसदले दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सार्वजनिक


हाम्रो राष्ट्र
  • आइतबार, २६ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो सार्वजनिक भएको छ । मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले मागेको भन्दै सांसद श्रेष्ठले प्रसाईंसँग कुराकानी गरेको अडियो सार्वजनिक भएको हो ।

    उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ सहयोग मागेको अडियो सार्वजनिक भएको थियो ।

    उनको यो अडियो सार्वजनिक भएपछि पार्टीले कारबाहीको तयारी गरेको छ । रास्वपाका महामन्त्री डा. मुकुल ढकालले अडियो आफूहरुले सुनेको र त्यसबारे सांसद श्रेष्ठलाई कारबाही प्रक्रिया थालिने बताएका छन् । श्रेष्ठले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend