logo

२०८३ असोज ७ बुधबार

सांसद श्रेष्ठले दुई करोड मागेको विषयमा रास्वपाले संसदमा माग्यो माफी

सांसद श्रेष्ठले दुई करोड मागेको विषयमा रास्वपाले संसदमा माग्यो माफी


हाम्रो राष्ट्र
  • सोमबार, २७ चैत्र २०७९
  • 962
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसद डा ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको विषयले सदन र सांसदको गरिमामा पर्न गएको मानमर्दनप्रति क्षमा मागेको छ ।

    सोमबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठको टेलिफोन संवादको अडियो सार्वजनिक भएसँगै उनीमाथि छानबिन प्रक्रिया थालिसकेको जानकारी दिए ।

    पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई तीन दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको र सोही बमोजिम आइतबार २४ घण्टे स्पष्टीकरण सोधिएको परियारले जानकारी दिए । श्रेष्ठलाई साधारण सदस्यको हैसियतसमेत गर्नुपर्ने काम गर्न पनि रोक लगाएर कारबाही थालिएको भन्दै उनले रास्वपा यस्ता कार्य दोहोरिन नदिन सचेत रहेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend