काठमाडौं । बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारित गर्ने विषयमा सहमति जुटाउन नेताहरू छलफलमा जुटेका हुन् ।
यसअघि शनिबार सभामुखको कार्यकक्षमा शीर्ष तीन दलका नेताबीच भएको छलफलमा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले टीआरसी विधेयक फास्ट ट्रयाकबाट पारित गर्न आग्रह गर्दा ओलीले अस्वीकार गरेका थिए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।
त्यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी छन् । यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend