logo

२०८३ साउन १३ बुधबार

युक्रेनमा पश्चिमा देशका सैनिकहरू रहेको खुलासा

युक्रेनमा पश्चिमा देशका सैनिकहरू रहेको खुलासा


हाम्रो राष्ट्र
  • बुधबार, २९ चैत्र २०७९
  • 936
    SHARES

    युक्रेन युद्धबारे हालै चुहिएका दस्तावेजहरूमध्ये एकले युक्रेनभित्र बेलायतसहितका कैयौँ देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ । एक वर्षभन्दा बढी समयदेखि अनुमानमा रहेको विषयलाई यसले पुष्टि गरेको छ ।

    केहीमा अति गोप्य समेत लेखिएको चुहिएका दस्तावेजहरूले युक्रेन युद्धको विस्तृत चित्र देखाउँछ । जसमा युक्रेनको वसन्त याममा गरिने भनिएका प्रत्याक्रमणको तयारीका संवेदनशील विवरणहरू समेत छन् ।

    अमेरिका सरकारले उक्त चुहावटको स्रोतबारे आफूले अनुसन्धान गरिरहेको जनाएको छ । २३ मार्चको लेखिएको उक्त दस्तावेजका अनुसार बेलायतले सबैभन्दा धेरै विशेष फौजका ५० वटा दस्ता पठाएको छ। त्यसपछि नेटो सदस्य लाट्भियाले १७, फ्रान्सले १५, अमेरिकाले १४ र द नेदरल्यान्ड्सले एउटा पठाएका छन् उक्त दस्तावेजले ती फौजहरू कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे खुलाएको छैन ।

    सैनिकहरूको सङ्ख्या कम र स्वाभाविक रूपमा थपघट हुनसक्छ । तर ‘स्पेसल फोर्स’ भनिने विशेष फौजहरू उनीहरूका स्वभावैले निकै प्रभावकारी हुन्छन् । युक्रेनमा रहेको उनीहरूको उपस्थितिले मस्कोलाई क्रुद्ध पार्न सक्छ। पछिल्ला महिनामा रुसले आफू युक्रेनसँग मात्र नभएर नेटोसँग लडिरहेको तर्क गर्दै आएको थियो । यस्ता विषयमा आफ्नो विशिष्ट नीतिकै लयमा रहेर बेलायतको रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन।

    तर एक ट्विटमार्फत गोप्य सूचना भनिएका चुहावटमा गम्भीर तहका गल्तीहरू देखिएको जनाएको छ। कुन खास दस्तावेजलाई उसले त्यसरी इङ्गित गरेको भनेर उसले थप बताएको छैन। यद्यपि ती दस्तावेजहरू वास्तविक रहेको भन्दै पेन्टागनका अधिकारीहरूलाई उद्धृत गरिएका छन्।युक्रेनमा दुवैतर्फ भएका मानवीय क्षतिको विवरण राखेको एक दस्तावेजका सङ्ख्या तोडमोड गरिएको देखिन्छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend