logo

२०८३ असोज ७ बुधबार

हुक्का तान्ने वयस्कहरूमा मुटुरोगको उच्च जोखिम

हुक्का तान्ने वयस्कहरूमा मुटुरोगको उच्च जोखिम


हाम्रो राष्ट्र
  • बिहिबार, ३० चैत्र २०७९
  • 1.2K
    SHARES

    कतार युनिभर्सिटीका अनुसन्धाताहरूले हालै हुक्का सेवनले वयस्कहरूमा मुटुरोगको जोखिम बढाउने बताएका छन् । शिशा धुम्रपान वा वाटरपाइप धुम्रपानको थालनी मध्यपूर्वबाट भएको मानिन्छ । यो क्षेत्र भरि हुक्का सेवन गर्नुलाई एक सामाजिक प्रतिष्ठासँग हेर्ने चलन पनि रहेको छ ।

    कतार युनिभर्सिटीको कलेज अफ मेडिसिनमा आधारभूत स्वास्थ्य विज्ञानका सह–प्राध्यापक सुसु जुगियरले गरेको अध्ययनमा कतारमा रहेका एक हजारभन्दा बढी वयस्क सहभागीको तथ्याङ्क विश्लेषण गरिएको कतार युनिभर्सिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    अनुसन्धाताहरूले धूम्रपान नगर्नेहरूको तुलनामा शिशा धूम्रपान गर्नेहरूमा हृदय रोगको निदान रिपोर्ट गर्ने सम्भावना १.६५ गुणा बढी थियो ।सानै उमेरमा हुक्का सेवन गर्दा मुटुरोगको जोखिम अझै बढी हुने पनि अध्ययनले देखाएको छ ।

    अध्ययनले शिशा धुम्रपानको स्वास्थ्य परिणामको समझमा महत्वपूर्ण योगदान पुर्याउँछ । त्यसैले कतारमा मात्र होइन तर अन्य देशहरूमा पनि सार्वजनिक स्वास्थ्य चिन्तालाई सम्बोधन गर्नुपर्ने आवश्यकतालाई उजागर गर्दछ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend