logo

२०८३ असोज ७ बुधबार

सिंहदरबारको फोहोर नउठाउने महानगरको सबैले विरोध गर्नुपर्छः कोइराला

सिंहदरबारको फोहोर नउठाउने महानगरको सबैले विरोध गर्नुपर्छः कोइराला


हाम्रो राष्ट्र
  • बिहिबार, ३० चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर नउठाउनु अराजकता भएको बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत कोइरालाले महानगरले फोहोर उठाउनुको साटो धम्कीपूर्ण भाषा प्रयोग गर्नु उचित नभएको बताएका हुन् ।

    उनले भनेका छन्, ‘कामपाले सिंहदरबार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो । जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैैपर्छ । अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो । दुबै सच्चिनु पर्छ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend