logo

२०८३ साउन १४ बिहिबार

‘के कारणले यो व्यवस्थामाथि संकट आयो ?’

‘के कारणले यो व्यवस्थामाथि संकट आयो ?’


हाम्रो राष्ट्र
  • आइतबार, ३ बैशाख २०८०
  • 975
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थामाथि आक्रमण भयो भनी दिएको अभिव्यक्तिप्रति अपत्ति जनाएका छन् ।

    आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद गैरेले प्रधानमन्त्रीले बैशाख एक गते पार्टी कार्यालयमा गएर व्यवस्थामा संकट आयो भनेर के सन्देश दिन खोजेको भन्दै प्रश्न उठाएका हुन् ।

    उनले भने,‘के कारणले यो व्यवस्थामाथि संकट आयो ? कसले उल्टाउन खोजेको ? कसको कारणले यस्तो हुन लागेको हो ? पार्टी कार्यालय किन बोल्ने । यदि त्यस्तो खतरा छ भने संसदमा आएर भन्नुपर्यो ।’

    उनले सदनलाई प्रधानमन्त्रीले सूचित गरे चुनौती सामना गर्न सबै तयार हुनुपर्ने बताए । नयाँ वर्षको दिन माओवादी केन्द्रको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले यो व्यवस्था संकटमा परेको र अहिलेको व्यवस्था उल्ट्याउन खोजिएको अभिव्यक्ति दिएका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend