logo

२०८३ साउन १५ शुक्रबार

सबै देशहरूसँग नेपालको घनिष्ठ सम्बन्ध बनाउँछुः परराष्ट्रमन्त्री

सबै देशहरूसँग नेपालको घनिष्ठ सम्बन्ध बनाउँछुः परराष्ट्रमन्त्री


हाम्रो राष्ट्र
  • आइतबार, ३ बैशाख २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले आइतबार सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै परराष्ट्रमन्त्री साउदले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि मन्त्री साउदले छिमेकी तथा सबै देशहरूसँग घनिष्ठ सम्बन्ध बनाउने बताए ।

    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे भने सचिवहरूबाट ब्रिफिङ लिएपछि प्रक्रिया थाल्ने बताए । उनले नेपालले सबै छिमेकीहरूसँग सौहार्दपूर्ण र शान्तिपूर्ण सम्बन्धलाई कायम राख्ने बताए ।

    उनले भने,‘नेपालको सबै छिमेकी राष्ट्रहरूसँग विगतदेखि नै हाम्रो सौहार्दपूर्ण र शान्तिपूर्ण सम्बन्ध छ र आगामी दिनमा पनि सबै छिमेकी देशहरूसँगको सम्बन्धलाई घनिष्ट बनाउँदै लैजानेछौँ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend