logo

२०८३ साउन १४ बिहिबार

आन्तरिक राजस्व सङ्कलन गत वर्षको तुलनामा न्यून

आन्तरिक राजस्व सङ्कलन गत वर्षको तुलनामा न्यून


हाम्रो राष्ट्र
  • आइतबार, ३ बैशाख २०८०
  • 884
    SHARES

    काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे पाँच अर्बले न्यून देखिएको छ ।

    आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा आन्तरिक राजस्व सङ्कलन तीन खर्ब ३७ अर्ब १० करोड २० लाख बराबर छ । गत आवको सोही अवधिमा सरकारले तीन खर्ब ४२ अर्ब ६५ करोड ८७ लाख बराबर कर उठाएको थियो । अहिले अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको असर सरकारी राजस्व असुलीमा पनि देखिएको हो ।

    गत आवको सुरुवाती नौ महिनाको आन्तरिक राजस्व सङ्कलनको तुलनामा चालु आवको सोही अवधिमा पाँच अर्ब ५५ करोड ६६ लाख कम कर उठेको छ । जुन गत वर्षको तुलनामा दुई प्रतिशत बिन्दुले न्यून हो । चालु आवको चैत मसान्तसम्ममा सरकारले एक खर्ब ५० अर्ब २० करोड बराबर आयकर उठाएको छ । जबकी गत आवको यही अवधिमा एक खर्ब ६५ अर्ब ४५ करोड आयकर संकलन भएको थियो ।

    नौ महिनामा मूल्य अभिवृद्धि कर (भ्याट सङ्कलन) ७८ अर्ब ८९ करोड ६५ करोड बराबर छ । अन्तःशुल्कतर्फ ७४ अर्ब २८ करोड ९२ लाख बराबर असुली भएको छ । यही अवधिमा घरबहाल करतर्फ एक अर्ब ९७ करोड, स्वास्थ्य सेवा करतर्फ पाँच अर्ब २५ करोड र शिक्षा करतर्फ एक अर्ब २६ करोड बराबर उठेको विभागको तथ्याङ्कबाट देखिन्छ ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको चैत मसान्तसम्ममा कूल सरकारी राजस्व सङ्कलन भने वार्षिक लक्ष्यको ४७ दशमलव ६७ प्रतिशत बराबर मात्रै देखिएको छ ।

    चालु आवका लागि सरकारले कूल र १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा तेस्रो त्रैमास सकिँदासम्म  सात खर्ब २४ अर्ब ४७ करोड ४३ लाख बराबर मात्रै राजस्व सङ्कलन भएको देखिएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend