logo

२०८३ साउन १४ बिहिबार

प्रचण्डको भारत भ्रमणको तयारी भइरहेको बेला भाजपाका नेता चौथाइवाले नेपालमा

प्रचण्डको भारत भ्रमणको तयारी भइरहेको बेला भाजपाका नेता चौथाइवाले नेपालमा


हाम्रो राष्ट्र
  • आइतबार, ३ बैशाख २०८०
  • 1K
    SHARES

    धनगढी । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आइपुगेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्ग हुँदै आज धनगढी आइपुगेका हुन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चौथाइवालेलाई धनगढीमा स्वागत गरेका थिए ।

    चौथाइवालेले सोमबार मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्ने र भोलि नै काठमाडौँ पुगेर उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारी भइरहेको बेला चौथाइवाले नेपाल आएका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend