logo

२०८३ असोज ७ बुधबार

नेप्सेमा २३ अंकको गिरावट

नेप्सेमा २३ अंकको गिरावट


हाम्रो राष्ट्र
  • सोमबार, ४ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । शेयर बजार नेप्सेमा सोमबार उच्च अंकको गिरावट आएको छ । सोमबार नेप्से २३ दशमलव ६३ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव शून्य पाँच विन्दुमा झरेको छ ।

    सोमबार सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज दुई सय ६७ वटा कम्पनीका ३१ लाख ४४ हजार कित्ता शेयर ९२ करोड ७८ हजार रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको सात करोड रुपैयाँको शेयर किनबेच भयो ।

    सोमबार सबैभन्दा धेरै उन्नति लघुवित्त, उपकार लघुवित्त र कालिका लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि आज आदर्श लघुवित्त, कालिञ्चोक दर्शन लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend