logo

२०८३ असोज ७ बुधबार

बैङ्ककको रात्रि क्लबमा गोली चल्दा ६ जना घाइते

बैङ्ककको रात्रि क्लबमा गोली चल्दा ६ जना घाइते


हाम्रो राष्ट्र
  • सोमबार, ४ बैशाख २०८०
  • 1K
    SHARES

    थाइल्यान्डको राजधानी बैंककस्थित रात्रि क्लब परिसरमा गोली चल्दा छ जना घाइते भएका छन् । महानगरीय प्रहरी ब्यूरो डिभिजन १ का प्रहरी नायब कमाण्डर शाक्य सेङवानका अनुसार किशोरीहरूले आपसमा झगडा गरेको र बन्दुक चलाउँदा घटना भएको जानकारी अधिकारीहरूलाई दिइएको थियो ।

    पेस्तोलसहित दुईजना संदिग्धलाई सोमबार बिहान घटनास्थलबाटै पक्राउ गरिएको शाक्यले बताए । घाइते सबै ६ जनाको अहिले पनि अस्पतालमा उपचार भइरहेको शाक्यले जानकारी दिँदै घाइते सबैलाई गोली लागेको बताए । प्रहरीले अहिले झगडामा संलग्नको बारेमा अनुसन्धान गरिरहेको र आयोजक र नाइटक्लब सञ्चालकलाई सोधपुछका लागि बोलाएको उनले जनाकारी दिएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend