logo

२०८३ असोज ७ बुधबार

शेयर बजारमा तीन अंकको गिरावट

शेयर बजारमा तीन अंकको गिरावट


हाम्रो राष्ट्र
  • मंगलबार, ५ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । शेयर बजार नेप्से मंगलबार ३ अंकले घटेको छ । सोमबार २३ अङ्कले घटेको नेप्से मंगलबार ३ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव नौ आठ विन्दुमा झरेको छ । आज होटल तथा पर्यटन, म्युचल फन्ड र नि  र्जीवन बीमाबाहेक अरू समूहको शेयर घटेको छ ।

    आज दुई सय ६६ वटा कम्पनीका २९ लाख ७५ हजार कित्ता शेयर ८७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको प्रोमोटरको पाँच करोड २६ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै खप्तड लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend