logo

२०८३ असोज ७ बुधबार

आयोगद्वारा चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारको नाम सार्वजनिक

आयोगद्वारा चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारको नाम सार्वजनिक


हाम्रो राष्ट्र
  • बुधबार, ६ बैशाख २०८०
  • 975
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको खर्च विवरण नबुझाउने ७४ उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

    बुधबार सूचना प्रकाशित गरी आयोगले खर्च विवरण नबुझाउने उम्मेदवारको नाम सार्वजनिक गर्दै स्पष्टीकरण सोधेको हो । आयोगले खर्च विवरण नबुझाउने प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ३७ गरी ७४ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।निर्वाचन सम्पन्न भएको चार महिनासम्म पनि चुनावी खर्च विवरण पेस नगरेपछि आयोगले उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend