logo

२०८३ साउन १४ बिहिबार

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहीन

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहीन


हाम्रो राष्ट्र
  • बुधबार, ६ बैशाख २०८०
  • 936
    SHARES

    काठमाडौं । संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । बुधबार बिहान प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्न बसेको बैठक निष्कर्षविहीन भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले जानकारी दिए ।

    प्रमुख तीन दलबीच केही दिनअघि संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो ।

    सर्वोच्च अदालत १४ महिनादेखि कायममुकायम प्रधानन्यायाधीशको भरमा छ।

    महाभियोगका कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पदबाट हटेपछि सर्वोच्चमा हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश छन्।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी भएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend