logo

२०८३ साउन १४ बिहिबार

बेइजिङस्थित अस्पतालमा आगो लाग्दा मृत्यु हुनेको संख्या २९ पुग्यो

बेइजिङस्थित अस्पतालमा आगो लाग्दा मृत्यु हुनेको संख्या २९ पुग्यो


हाम्रो राष्ट्र
  • बुधबार, ६ बैशाख २०८०
  • 1K
    SHARES

    बेइजिङस्थित एक अस्पतालमा भएको आगालागीमा परी २९ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएका बुधबार आयोजित पत्रकार सम्मेलनमा बेइजिङको फेङताई जिल्लाका उपप्रमुख ली जोङग्रोङले बताएका छन् ।

    घटनालाई लिएर अस्पताल व्यवस्थापनका निर्देशकसहित १२ जनालाई नियन्त्रणमा लिइएको बेइजिङको सार्वजनिक सुरक्षा ब्यूरोका सुन हाइताओले बताए ।

    आन्तरिक मर्मतसम्भार र निर्माणको क्रममा अस्पतालमा मङ्गलबार आगो सल्केको अनुमान गरिएको छ । मर्मतसम्भारको ठेक्का पाएको कम्पनीका प्रतिनिधिलाई पनि पक्राउ गरिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend