logo

२०८३ साउन १४ बिहिबार

एक लाख कतारी रियल दिल्ली लैजान खोज्ने टर्कीस् नागरिक विमानस्थलबाट पक्राउ

एक लाख कतारी रियल दिल्ली लैजान खोज्ने टर्कीस् नागरिक विमानस्थलबाट पक्राउ


हाम्रो राष्ट्र
  • आइतबार, ७ फाल्गुन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लाखौँ कतारी रियल दिल्ली लैजान खोज्ने एक टर्कीस् नागरिक आइतबार पक्राउ परेका छन् ।

    भारतको दिल्लीतर्फ लैजान लागेको एक लाख २६ हजार तीन सय कतारी रियलसहित टर्कीस् नागरिक २९ वर्षीय हिड्ली क्यानलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार एयर इन्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छा ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend