logo

२०८३ साउन १४ बिहिबार

संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई मतदानः नेता सिंह

संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई मतदानः नेता सिंह


हाम्रो राष्ट्र
  • बुधबार, ६ बैशाख २०८०
  • 1.4K
    SHARES

    चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ७ विकास चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले विसं २०६२/६३ सालको परिवर्तनपछि प्राप्त गरेको संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए ।

    उनले भने,“जनताको सङ्घर्षबाट पाएको संविधान कार्यान्वयनका लागि जिम्मेवार दललाई अधिकार दिनुस् ।” अहिले देशमा राजनीतिक अस्थिरताको अन्त्यका लागि र देशको परिवर्तनका लागि गठबन्धनमा मतदान गर्न उनले आग्रह गरे । यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने तपाईलाई थाहानै छ उनले भने “अब फेरि निर्वाचन गर्न नपर्ने गरी स्थानीय नेतालाई मतदान गर्नुस् ।

    सङ्घीय सरकार गठबन्धनको सरकार भएको भन्दै उनले यसको गतिका लागि पनि चितवनमा कांग्रेसलाई जिताउनुपर्ने बताए । गठबन्धनको जीतसँगै विकास निर्माणमा समेत गति लिने उनको भनाइ थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend