logo

२०८३ साउन १४ बिहिबार

कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले लिए शपथ

कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले लिए शपथ


हाम्रो राष्ट्र
  • बिहिबार, ७ बैशाख २०८०
  • 1.1K
    SHARES

    कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएका हुन् ।

    मुख्यमन्त्री राजकुमार शर्माले कांग्रेसबाट सिफारिस भएका आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा माओवादी सांसद उर्मिला विश्वकर्मालाई नियुक्त गरेका थिए ।

    विश्वकर्मा यसअघि भौतिक पूर्वाधार तथा शहरी विकास राज्यमन्त्री थिइन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालय संख्या संशोधन गरेपछि उनलाई मन्त्री नियुक्त गरिएको हो ।

    बुधबार हुने भनिएको शपथ रोकिएको थियो। कांग्रेसको केन्द्रीय नेतृत्वको दवावमा मुख्यमन्त्री शर्माले नियुक्ति रोकेका थिए। बिहीबार बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति जुटेको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend