logo

२०८३ साउन १४ बिहिबार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ बैशाख २०८०
  • 975
    SHARES

    काठमाडौं । भारतको नयाँदिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले शुक्रबार जानकारी दिएका नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    उनको स्वास्थ्योपचार बुधबारदेखि तेस्रो दिन पनि नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend