logo

२०८३ साउन १४ बिहिबार

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत पाउन मुश्किल

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत पाउन मुश्किल


हाम्रो राष्ट्र
  • शनिबार, ९ बैशाख २०८०
  • 910
    SHARES

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकवाट विश्वासको मत लिन लागेका हुन् ।

    विश्वासको मत लिने विषयलाई प्रदेश सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना यसअघि नै दिईसकेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

    सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिए पछि संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

    संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सदस्य आवश्यक पर्छ । गत पुस २५ मा एमालेसहित माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकीको मुख्यमन्त्री बनेका थिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend